Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाल प्रहरीका डिएसपीसहित ३ नेपालीबारे सिंगापुर प्रहरीलाई जवाफी पत्र

नेपाल प्रहरीका डिएसपीसहित ३ नेपालीबारे सिंगापुर प्रहरीलाई जवाफी पत्र

  • सोमवार, भाद्र २४ २०८१

  • 311
    SHARES

  • नेपाल प्रहरीका डिएसपीसहित ३ नेपालीबारे सिंगापुर प्रहरीलाई जवाफी पत्र

    काठमाडौं । नेपाल प्रहरीका डीएसपीसहित ३ जना नेपालीहरू आतङ्कवादी गतिविधिमा संलग्न रहेको आशङ्कामा सिंगापुर प्रहरीले केही महिनाअघि नेपाल प्रहरीलाई पत्राचार गरेको थियो । अहिले नेपाल प्रहरीको इन्टरपोल शाखाले त्यसबारे सिंगापुर प्रहरीलाई जवाफ पठाएको छ ।

    डीएसपी हेमबहादुर शाही, कालिकोटका महेन्द्रजंग शाह र दीपेन्द्रबहादुर शाह अन्तर्राष्ट्रिय इस्लामिक आतङ्कवादी संगठन (आईएसआईएस) मा आबद्ध भएको आशङ्कामा सिंगापुर प्रहरीले पत्राचार गरेको थियो । तर, उनीहरू इस्लामिक आतङ्कवादी संगठनमा ‘आबद्ध नरहेको’ भन्दै प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले सिंगापुरलाई पत्र पठाएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए ।

    कालिकोटका महेन्द्रजंग शाह लामो समयदेखि खाडी मुलुकमा बस्थे । एकपटक हेमबहादुर शाही र दीपेन्द्रबहादुर शाह मलेसिया घुम्न जाँदा महेन्द्रजंगको गाडीमा सिंगापुर प्रवेश गर्न खोजे । महेन्द्रजंग पनि सँगै थिए ।

    त्यसपछि सिंगापुरको अध्यागमन कार्यालयले महेन्द्रजंग ‘शङ्कास्पद सूची’मा भएको भन्दै उनीहरूले तीनै जनालाई सिंगापुर प्रवेश गर्न दिएन । हेमबहादुर शाहीले आफू नेपाल प्रहरीको डीएसपी भएको कुरा पनि बताएका थिए । तर, पनि उनीहरूले प्रवेश पाएनन् ।

    त्यसपछि आफ्नो विवरण दिएर उनीहरू मलेसिया नै फर्किए । महेन्द्रजंगलाई एकपटक मलेसियाले डिपोर्टसमेत गरेको खुलेको छ । महेन्द्रजंग चाहिँ सिंगापुरको शंकाको घेरामा रहेका छन् ।

     


    सोमवार, भाद्र २४ २०८१०५:३५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij