Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बाँकेमा झाडाबान्ताका कारण थप एकजनाको मृत्यु

बाँकेमा झाडाबान्ताका कारण थप एकजनाको मृत्यु

  • आइतवार, भाद्र २३ २०८१

  • 502
    SHARES

  • बाँकेमा झाडाबान्ताका कारण थप एकजनाको मृत्यु

    काठमाडौं । बाँकेको जानकी गाउँपालिकामा झाडाबान्ताका कारण थप एकजनाको मृत्यु भएको छ ।

    जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

    परीक्षणमा हैजाको जीवाणु नदेखिएकाले खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्ने उहाँको भनाइछ ।

    सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन् । तीमध्ये एकजनाको भेरी अस्पताल र अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

    एकजना भने उपचारपछि घर फर्केका छन् । यसअघि जिल्लाको नरैनापुरमा विभिन्न समयमा झाडाबान्ता र अन्य स्वास्थ्य समस्याका कारण पाँचजनाको मृत्यु भएको अधिकारी श्रेठले बताउनुभयो ।


    आइतवार, भाद्र २३ २०८१०८:४८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij