Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

किशोरीहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा सञ्चालकहरु पक्राउ

किशोरीहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा सञ्चालकहरु पक्राउ

  • शुक्रवार, भाद्र २१ २०८१

  • 511
    SHARES

  • किशोरीहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा सञ्चालकहरु पक्राउ

    काठमाडौं । किशोरीहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा ललितपुरको सातदोबाटोस्थित न्यू नमस्ते रेस्टुरेन्टका सञ्चालकहरु पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ३३ वर्षीय राजीव लामा र २५ वर्षीय शर्मिला कटुवाल रहेका छन् । उनीहरुलाई रेस्टुरेन्टका ग्राहकसँग पैसा लिएर किशोरीहरुलाई वेश्यावृत्तिमा लगाउने गरेको आरोप लागेको छ ।

    मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार उनीहरुले ग्राहकसँग एक हजारदेखि ५ हजार रुपैयाँसम्म लिएर किशोरीहरुलाई ५०० रुपैयाँ दिने गरेका थिए ।

    ब्युरोले रेस्टुरेन्टबाट प्रयोग भइसकेका र प्रयोग नभएका कन्डमहरु पनि बरामद भएको जनाएको छ ।


    शुक्रवार, भाद्र २१ २०८१०५:३७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij