Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बर्दियामा गैँडाको आक्रमणबाट गाइडको मृत्यु

बर्दियामा गैँडाको आक्रमणबाट गाइडको मृत्यु

  • शुक्रवार, भाद्र २१ २०८१

  • 431
    SHARES

  • बर्दियामा गैँडाको आक्रमणबाट गाइडको मृत्यु

    काठमाडौं । बर्दियामा पर्यटक घुमाउन लगेका एक गाइडको गैँडाको आक्रमणबाट मृत्यु भएको छ । अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् ।

    सामुदायिक वनको अवलोकन गर्ने क्रममा विदेशी पर्यटकलाई गैँडालाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

    स्थानीय परशुराम चौधरीका अनुसार बच्चासहितको गैँडासँग जम्काभेट हुँदा उनीहरू आक्रमणमा परेका थिए । विदेशी पर्यटकलाई जोगाउन खोज्दा चौधरीको मृत्यु भएको हो ।

    गैँडाले आक्रमण गर्दा विदेशी पर्यटकलाई बचाउन खोज्दा पथ प्रदर्शक ठाकुरद्वारा नगरपालिका–९ का ३५ वर्षीय मनमोहन चौधरीको घटनास्थलमा मृत्यु भएको प्रहरी उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो ।

    यसै गरी गैँडाको आक्रमणमा अमेरिकन पर्यटक एमसी सावन र उक्त वनको चौकीदार खिन्चु थारु घाइते भएको प्रहरीको भनाइ छ ।

    उनीहरूलाई ठाकुरबाबास्थित नगर अस्पतालमा उपचारका लागि पठाइएको छ । चौधरीको अवस्था सामान्य भए पनि अमेरिकन पर्यटकलाई गम्भीर चोट लागेको छ ।

    शुक्रवार बिहान ८ बजेतिर सो घटना भए पनि प्रहरी, निकुञ्ज प्रशासनको प्रक्रिया मिलाउँदा सूचनामा ढिलाइ भएको थियो ।

     


    शुक्रवार, भाद्र २१ २०८१०२:१२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij