Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बागलुङमा बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा दुई जनाको मृत्यु, एक बेपत्ता

बागलुङमा बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा दुई जनाको मृत्यु, एक बेपत्ता

  • शुक्रवार, भाद्र २१ २०८१

  • 452
    SHARES

  • बागलुङमा बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा दुई जनाको मृत्यु, एक बेपत्ता
    काठमाडौं । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।
     
    मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।
     
    बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ । सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेलापरेको थियो ।  ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । बेपत्ता कमलको खोजी भइरहेको छ । अहिले पनि वर्षा भइरहेको हुँदा खोजीमा समस्या भएको जनाइएको छ ।
     


    शुक्रवार, भाद्र २१ २०८१०७:१८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij