Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाली सेनाको ट्रकमा आगलागी

नेपाली सेनाको ट्रकमा आगलागी

  • बिहिवार, भाद्र २० २०८१

  • 315
    SHARES

  • नेपाली सेनाको ट्रकमा आगलागी

    काठमाडौं । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ ।

    ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आज मध्यान्ह आगलागी भएको हो।

    त्रिभुवन राजपथको दामन–शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका–४ कुर्सी मोडमा भएको आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ ।

    ट्रकको सापट भाच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको घटनास्थलमा रहेका सेनाले जानकारी गराएका छन् ।

    सापट भाच्चिएर डिजल ट्याङ्कीमा लागेर डिजल चुहिएपछि आगलागी भएको अनुमान ट्रकमा सवार सेनाहरूले गरेको घटनास्थलमा रहेका स्थानीय शम्भु अधिकारीले बताउनुभयो ।

    ट्रकमा १८ जना सवार थिए । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।


    बिहिवार, भाद्र २० २०८१०५:०६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij