Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

तिजमा पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेशमा रोक

तिजमा पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेशमा रोक

  • बिहिवार, भाद्र २० २०८१

  • 571
    SHARES

  • तिजमा पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेशमा रोक

    काठमाडौं। पशुपतिनाथ मन्दिरमा हरितालिका (तिज) पर्वका अवसरमा पुरुष दर्शनार्थीलाई प्रवेश गर्न नदिइने भएको छ।

    तिजपर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको जानकारी दिँदै पशुपति क्षेत्र विकास कोषले तिजका अवसरमा शुक्रबार बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने जनाएको छ।

    पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ। वृद्धवृद्धा एवम् बच्चा बोकेका महिलाका लागि लाइनबाट सहज रूपमा दर्शन गरेर फर्कने व्यवस्था मिलाइएको छ।

    कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवम् निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो। तिजका अवसरमा चार वटै सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ।

    यस वर्षको हरितालिका (तिज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्नेगरी तयारी भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

     


    बिहिवार, भाद्र २० २०८१०३:४१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij