Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु

धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु

  • बिहिवार, भाद्र २० २०८१

  • 648
    SHARES

  • धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु

    काठमाडौं । धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ ।

    धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनियामा रहेको पोखरीमा बुधबार साँझ तीन बालक डुबेका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिनुभयो ।

    मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साह रहेका उहाँले बताउनुभयो ।

    उहाँका अनुसार उनीहरु आफन्त हजुरबुबा महावीर साह घरमा भोज खान आएका थिए । बुधबार महावीर साहको घरमा वर्षीको भोज थियो ।

    डुब्ने बालकहरु महावीर साहका तीन छोरीका जेठा छोराहरु रहेको प्रहरी निरीक्षक साहले बताउनुभयो ।घटना साढे ७ बेजेतिर साँझको हो । तीनैजना बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

    सबै भोजमा व्यस्त रहेका बेला उनीहरु पोखरीमा पौडी खेल्न जाँदा डुबेको हुन सक्ने वडाध्यक्ष गंगा साहले जानकारी दिनुभयो । घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    बिहिवार, भाद्र २० २०८१०८:२४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij