Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • बिहिवार, भाद्र २० २०८१

  • 588
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासको मौसममा बदली छ ।

    देशका केही भूभागमा वर्षा भइरहेको छ। आंशिकदेखि साधारणतया बदली रहँदा कोशी, बागमती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।


    बिहिवार, भाद्र २० २०८१०८:१२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij