एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाइटेड र एभर्टनबीच प्रतिस्पर्धा हुँदैछ । युनाइटेडले एभर्टनसँग उसैको मैदानमा खेल्नेछ । खेल नेपाली समय सवा ६ बजे सुरु हुनेछ ।
गुडिसन पार्कमा आज युनाइटेड तेस्रो जितको खोजीमा हुनेछ । यस सिजन युनाइटेडले ६ खेलमा ७ अंक जोडेको छ । युनाइटेड तालिकाको १५ औं स्थानमा रहेको छ ।
एभर्टन ७ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । प्रिमियर लिगअन्तर्गत नै चेल्सीले घरेलु मैदानमा सेफिल्ड युनाइटेडसँग खेल्नेछ । यस्तै क्रिस्टल प्यालेस र लिड्स युनाइटेड तथा वेस्ट ह्याम र फुलहमबीच समेत प्रतिस्पर्धा हुनेछ ।