Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

पर्वतमा एम्बुलेन्स दुर्घटना ; ३ जना घाइते, एकजना गम्भीर

पर्वतमा एम्बुलेन्स दुर्घटना ; ३ जना घाइते, एकजना गम्भीर

  • बुधवार, भाद्र १९ २०८१

  • 433
    SHARES

  • पर्वतमा एम्बुलेन्स दुर्घटना ; ३ जना घाइते, एकजना गम्भीर

    काठमाडौं। पर्वतमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    बागलुङबाट पोखरा आउँदै गरेको ग१झ ६९५ नम्बरको बिरामी बोकेको एम्बुलेन्स कुश्मा नगरपालिका–२, अर्मादीमा पोखरादेखि बागलुङ जाँदै गरेको यात्रु बससँग ठोकिएर दुर्घटनामा परेको हो।

    जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार घाइतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भिर छ भने २ जनाको अवस्था सामान्य छ।

    प्रहरीका अनुसार एम्बुलेन्समा २ जना बिरामी र एकजना आफन्त सवार थिए।बस, एम्बुलेन्स र चालकलाई नियन्त्रण लिइएको छ।


    बुधवार, भाद्र १९ २०८१०५:४९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij