Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

जनचाहना अनुरुप निर्वाचन प्रक्रिया सहज बनाउनुपर्छ : प्रधानमन्त्री ओली

जनचाहना अनुरुप निर्वाचन प्रक्रिया सहज बनाउनुपर्छ : प्रधानमन्त्री ओली

  • बुधवार, भाद्र १९ २०८१

  • 465
    SHARES

  • जनचाहना अनुरुप निर्वाचन प्रक्रिया सहज बनाउनुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनचाहनाअनुसार निर्वाचन प्रक्रिया सहज बनाउनुपर्ने बताउनु भएको छ।आज काठमाडौंमा आयोजित दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा)को १२ औँ सम्मेलनको समुद्घाटन गर्दै उहाँले जनताको चाहना र अपेक्षा बमोजिमको निर्वाचन प्रक्रिया बनाउनुपर्ने बताउनु भएको हो।

    उहाँले भन्नुभयो,“बसाइँसराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबिच देश–विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउनु हामीले साझा प्रयास गर्न आवश्यक छ।”

    प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकाङ्क्षालाई प्रतिबिम्बन गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको बताउनुभयो। उहाँले भन्नुभयो, “कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ। यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ ।”

    प्रधानमन्त्री ओलीले हिमालहरु पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीका बिच लोकतन्त्रको अभिन्न अङ्गका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको उल्लेख गर्नुभयो।

    प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको सन्दर्भमा विगतका निर्वाचन व्यवस्थानका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सकेमा आम जननाको मताधिकारको सम्मान हुने पनि जनाउनुभयो।

    फेम्बोसा बडापत्रलाई यस सम्मेलनले थप प्रभावकारी कार्यान्वयनमा सघाउने प्रधानमन्त्री ओलीको विश्वास थियो । सम्मेलनमा निर्वाचनका जल्दाबल्दा मुद्दा : जलवायु परिवर्तन, सामाजिक सञ्जाल र बसाइँसराइ’ केन्द्रित भई छलफल हुनेछ ।


    बुधवार, भाद्र १९ २०८१०४:२६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij