Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

नाबालिग दिदीबहिनीलाई आमाले नै विष खुवाएर हत्या गरेको पुष्टि

नाबालिग दिदीबहिनीलाई आमाले नै विष खुवाएर हत्या गरेको पुष्टि

  • बुधवार, भाद्र १९ २०८१

  • 450
    SHARES

  • नाबालिग दिदीबहिनीलाई आमाले नै विष खुवाएर हत्या गरेको पुष्टि

    काठमाडौं । मोरङको सुन्दरहरैँचामा मृत भेटिएका दुई नाबालिग दिदीबहिनीलाई आमाले नै विष खुवाएर हत्या गरेको पुष्टि भएको छ ।

    झापाको बिर्तामोडमा फेला परेकी अस्मिता कार्कीले आफूले नै छोरीहरूलाई विष खुवाएको प्रहरीसमक्ष स्वीकारेकी छन् । उनले पतिले आफूलाई मानसिक तनाव दिएको जिकिर गरेकी छन् ।

    उनले आफूले छोरीहरूलाई विष खुवाएर आफूले पनि खाएको बताएको प्रदेश प्रहरी कार्यालय कोशीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिनुभयो ।

    दाहालले बच्चालाई विष खुवाएर हिँडेकी आमा अस्मिताले सो दिन जंगलमै बिताएको बताउनुभयो । उहाँकाअनुसार विषले नमरेपछि उनी विक्षप्त भएर भौतारिँदो बिर्तामोड पुगेकी थिइन् । उनको शरीरमा अझै विषको असर रहेकाले कोशी अस्पतालमा उपचार गरिएको दाहालले बताउनुभयो ।


    बुधवार, भाद्र १९ २०८१०४:२६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij