Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

चिकित्सा शिक्षाको नतिजा प्रकाशनको त्रुटिका विषयमा १० दिनभित्र छानबिन गर्न निर्देशन

चिकित्सा शिक्षाको नतिजा प्रकाशनको त्रुटिका विषयमा १० दिनभित्र छानबिन गर्न निर्देशन

  • बुधवार, भाद्र १९ २०८१

  • 776
    SHARES

  • चिकित्सा शिक्षाको नतिजा प्रकाशनको त्रुटिका विषयमा १० दिनभित्र छानबिन गर्न निर्देशन
    काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटिका विषयमा १० दिनभित्र छानबिन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षामन्त्री र आयोगका पदाधिकारीसँग छलफल गर्दै नतिजा प्रकाशनमा भएको त्रुटिका विषयमा छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।
     
    समिति सभापति अम्बर बहादुर थापाले विद्यार्थीको भविष्यसँग जोडिएको चिकित्सा शिक्षाको एकीकृत प्रवेश परीक्षाको नजिता प्रकाशनका देखिएको कमजोरीको १० दिनभित्र छानबिन गरी तथ्य कुरा बाहिर ल्याउन निर्देशन दिएको जानकारी दिनुभयो । 
     
    त्यस्तै, आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरी आम नागरिक र सम्बन्धी व्यक्तिहरूको विश्वास जित्ने गरी आवश्यक सुधार गर्न पनि आयोगलाई निर्देशन दिएको उनले बताए। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालयले यस विषयमा आवश्यक छानबिन गर्ने बताउनुभयो ।
     
    उहाँले नजिता आएपछि आफू निरन्तर आयोगसँग छलफलमा रहेको भन्दै समस्या हल गर्ने उल्लेख गरे । नतिजाप्रति आएका गुनासाहरूको दायित्व आफ्नो निकायले लिने उहाँले बताउनुभयो । उहाँले आयोगलाई स्वतन्त्र ढंगले काम गर्नका लागि कमी हुन नदिएको र कुनै हस्तक्षेप नगरेको जिकिर गर्नुभयो ।
     
    त्यस्तै आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झाले रोल नम्बरको आधारमा नजिता प्रकाशन गर्दा गल्ती कमजोरी भएको स्वीकार गर्नुभयो ।  समान नम्बर लिएर आएको समूह मात्रै नजिता फरक परेको भन्दै छानबिनका लागि आयोग तयार रहेको उहाँले बताउनुभयो ।
     
    बैठकमा समिति सदस्यहरूले चिकित्सा शिक्षाको परीक्षामा ठूलो त्रुटि भएको भन्दै छानबिनको माग गरेका थिए । रोल नम्बर एउटा विद्यार्थीको र प्राप्ताङ्क अर्को विद्यार्थीको भई झन्डै तीन हजारभन्दा बढी विद्यार्थीको नतिजा परिवर्तन आएको भन्दै विद्यार्थीहरू समेत आन्दोलित छन् ।  उनीहरूले ओएमआर सिट हेर्न पाउनुपर्ने,उत्तर पुस्तिका हेर्न पाउनुपर्ने र प्रश्न पत्रको सेट हेर्न पाउनुपर्ने माग गरेका छन् । 
     


    बुधवार, भाद्र १९ २०८१०४:२५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij