Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

मुनाकी आमालाई अमेरिकाले दियो भीसा, हत्या आरोपी सिंह थुनामा

मुनाकी आमालाई अमेरिकाले दियो भीसा, हत्या आरोपी सिंह थुनामा

  • बुधवार, भाद्र १९ २०८१

  • 673
    SHARES

  • मुनाकी आमालाई अमेरिकाले दियो भीसा, हत्या आरोपी सिंह थुनामा

    काठमाडौं । अमेरिकामा नेपाली चेली मुना पाण्डेको हत्या आरोपी बबी सिंहलाई अदालतले जमानतमा छोड्न अस्वीकार गरेको छ । मंगलबार उनलाई ‘क्यापिटल मर्डर’ अभियोगमा अदालतमा पेश गरिएको थियो ।
    ह्यूस्टनस्थित ह्यारिस काउन्टी क्रिमिनल कोर्टहाउसमा भएको सुनवाइमा सिंहका वकिलले जमानतको माग गरेका थिए ।

    तर, न्यायाधीशले उनीविरुद्ध यथेष्ट प्रमाणहरू भएका कारण माग अस्वीकार गरेका छन् । सिंहलाई ९० दिन थुनामा राखेर अनुसन्धान गर्न न्यायाधीशले अनुमति दिइन् । सुनवाइ १० मिनेटमै सकियो ।

    सिंह मुनाको अपार्टमेन्टभित्र पसेको र हतियारसहित बाहिरिएको सर्भिलियन्स क्यामरा फुटेज सबैभन्दा बलियो प्रमाणका रूपमा पेश गरिएको थियो । यसैगरी, हत्याका बखत लगाएकै लुगा लगाएर डुलिरहँदा उनी पक्राउ परेका थिए । उनको कारबाट हतियार बरामद भएको थियो । रगतको टाटा लागेको उनको लुगा पनि अदालतमा पेश भएको छ ।

    सिंहलाई अवैध हतियार बोकेको र हत्या गरेको दुईवटा अभियोग छन् । अवैध हतियारको सुनवाइमा पनि उनलाई जमानत मिलेको थिएन । यदि हत्या अभियोग प्रमाणित भएमा उनले आजीवन जेल सजाय भोग्नुपर्ने छ ।

    यता नेपालमा मुनाकी आमा अनिता पाण्डेले अमेरिकाको भिसा प्राप्त गरेकी छिन् । अमेरिकी दूतावासले उनलाई हिजो भिसा दिएको हो । मुना एक–दुई दिनमा अमेरिका प्रस्थान गर्ने बुझिएको छ । आमा पुगेपछि मुनाको अन्त्येष्टि प्रक्रिया अघि बढाइने छ । अहिले उनको शव फ्यूनरल हाउसमा राखिएको छ ।

     


    बुधवार, भाद्र १९ २०८१०१:४६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij