Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

मिर्मिका युवा खेली र रोइला संरक्षण अभियानमा

मिर्मिका युवा खेली र रोइला संरक्षण अभियानमा

  • बुधवार, भाद्र १९ २०८१

  • 573
    SHARES

  • मिर्मिका युवा खेली र रोइला संरक्षण अभियानमा

    काठमाडौं । स्याडजाको कालीगण्डकी गाउँपालिका वडा नं ७ मिर्मीफाँटका युवाहरुले यस क्षेत्रको पुरानो र मौलिक गीत सङ्गितको संरक्षण गर्ने उद्देश्यले तीज विशेष कार्यक्रमको आयोजना गरेका छन् ।

    विगतमा निकै प्रचलित र जनजिब्रोमा झुण्डिने खेली र रोइला गीतको संरक्षणको लागि नव मिर्मीरे युवा क्लबले बृहत कार्यक्रम आयोजना गर्न लागेको हो ।

    दर खाने कार्यक्रम समेतको साङ्गितिक कार्यक्रममा विभिन्न कलाकारलाई समेत आमन्त्रण गरिएको क्लबका अध्यक्ष शंकर न्यौपानेले बताए ।

    विगतमा बुबा हजुरबुबाहरूले गाउँमा बेलाबखतमा यस्ता गीतहरु गाउँदै आएकोमा अहिले यसको अस्तित्व संकटमा परेको छ । आधुनिकताले गाउँबाट मान्छे हराए। मान्छेसँगै गीत गाउने चलन हरायो, गीतमा आवश्यक पर्ने मौलिक बाजा हराए। जसले गर्दा नयाँ पुस्ताले हाम्रा मौलिक संस्कृतिलाई महसुस गर्न पाएनन् । हाम्रो मौलिक संस्कृतिको संरक्षण गर्नु र पुस्तान्तरण गर्न पनि यो कार्यक्रम आयोजना गर्न लागिएको युवा समाजसेबि ज्ञान न्यौपानेले बताए ।

    “तीज भड्किलो हुँदै गएको सन्दर्भमा गाउँका सबै सदस्य मिलेर दर खाने कार्यक्रम सहित मौलिक संस्कृति जगेर्ना गर्ने खालको सामाजिक कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

    यस्ता कार्यक्रमले सामाजिक भातृत्वको विकास समेत विकास गर्छ” उनले भने । खेली र रोइला गीत संरक्षणका लागि अभियानकै रुपमा कार्यक्रमहरु अगाडी बढाउने क्लबले निर्णय समेत गरेको छ । कालीगण्डकी नदीको आसपासका स्याङ्जा र पाल्पाका ठाउँहरुमा खेली र रोइला गीत निकै प्रचलित मानिन्छ।


    बुधवार, भाद्र १९ २०८११०:५७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij