काठमाडौं । काठमाडौं उपत्यकासहित धेरै स्थानमा गएरात ठुलो पानी परेको थियो अहिले पनि बिहानैदेखि घाम लागिरहेको छ ।
तर केहि भूभागमा भनेहल्कादेखि मध्यम वर्षा भइरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।