Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः यी ६ प्रदेशमा हुनेछ भारी वर्षा

आजको मौसमः यी ६ प्रदेशमा हुनेछ भारी वर्षा

  • सोमवार, भाद्र १७ २०८१

  • 468
    SHARES

  • आजको मौसमः यी ६ प्रदेशमा हुनेछ भारी वर्षा

    काठमाडौं। आज देशभर मनसुनी वायुको प्रभावका कारण मौसम बदली रहेको छ। केही प्रदेशमा बिहानैदेखि भारी वर्षा भइरहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर छ। जसले गर्दा आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

    कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ।

    कोसी, वाग्मती र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

     

     


    सोमवार, भाद्र १७ २०८१०६:३३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij