Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

‘पका’ले पाए नागरिकता, भोलि प्रधानमन्त्रीलाई भेट्ने

‘पका’ले पाए नागरिकता, भोलि प्रधानमन्त्रीलाई भेट्ने

  • आइतवार, भाद्र १६ २०८१

  • 421
    SHARES

  • ‘पका’ले पाए नागरिकता, भोलि प्रधानमन्त्रीलाई भेट्ने

    काठमाडौं । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ्ग ‘काले’ ले नागरिकता प्रमाण पत्र पाउनुभएको छ ।

    भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) स्थित उहाँको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए ।

    गोरखाको चुमभ्यालीबाट काठमाडौं हुँदै हिजो भोजपुर पुग्नुभएका प्रकाशको बुवा–आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ । षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद ज्ञवालीले आवश्यक सरकारी प्रक्रिया पुर्‍याएर प्रकाशलाई ०९–०२–८१–००३५७ नम्बरको नागरिकता दिएका छन् ।


    नागरिकता पाएपछि प्रकाशले खुसी व्यक्त गर्नुभयो । 


    आइतवार, भाद्र १६ २०८१०३:३८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij