Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले विभिन्न संस्था र व्यक्तिलाई पुरस्कार र सम्मान प्रदान गर्ने

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले विभिन्न संस्था र व्यक्तिलाई पुरस्कार र सम्मान प्रदान गर्ने

  • आइतवार, भाद्र १६ २०८१

  • 610
    SHARES

  • रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले विभिन्न संस्था र व्यक्तिलाई पुरस्कार र सम्मान प्रदान गर्ने

    काठमाडौं । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषको साधारण सभाले यसवर्ष सामाजिक सेवाको क्षेत्रमा काम गरिरहेका संस्था वा व्यक्तिलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

    शनिबार बसेको साधारण सभाले नीलसागर सेवाश्रम, शान्तिनगर नेपालगञ्ज उपमहागरपालिका, बाँकेका संस्थापक अध्यक्ष सरिता खनाललाई रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार २०८१ नगद पुरस्कार २ लाख तथा सम्मानपत्र प्रदान गर्ने निर्णय गरेको हो ।

    २०७३ सालमा दर्ता भएको यस संस्थाले वृद्धवृद्धा, शारीरिक तथा मानसिक रूपमा कमजोर व्यक्तिहरूलाई भोजन, आवास, औषधी उपचारको प्रबन्ध गरी मर्यादित जीवनको अवसर प्रदान गर्नुका साथै अनाथ बालबालिकाको संरक्षण, शिक्षादीक्षाको प्रबन्ध मिलाएको छ । यसका शाखाहरू पनि विस्तार गरिएका छन् ।

    रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार, २०८१ जनही नगद पुरस्कार रु १ लाख तथा सम्मानपत्र यस वर्ष तीन संस्थाहरूलाई प्रदान गरिएको छ ।

    (क) माया घर नेपाल, इटहरी उपमहानगरपालिका २, सुनसरी । २०७४ सालमा दर्ता भएको यस संस्थाले वृद्धवृद्धा, शारीरिक तथा मानसिकरूपमा कमजोरलाई आश्रय, भोजन र औषधी उपचारको प्रबन्ध गर्नुका साथै अनाथ बालबालिकाको संरक्षण र शिक्षादीक्षाको प्रबन्ध गरेको छ साथै विभिन्न सचेतनामूलक कार्यहरू गर्दै आएको छ । महिलाहरूको सक्रियतामा यो संस्था स्थापना र संचालन हुँदै आइरहेको छ ।

    (ख) अपाङ्ग पुनर्स्थापना केन्द्र, गोकर्णेश्वर नगरपालिका ४, काठमाडौँ । २०५९ सालमा दर्ता भएको यस संस्थाले अपाङ्गहरूलाई आश्रय प्रदान गर्नुका साथै औषधी उपचार, उपकरण, शिक्षादीक्षाको प्रबन्ध गर्नुका साथै र सीप विकासको माध्यमबाट मर्यादित जीवनकोअवसर दिलाउन योगदान गरेको छ ।

    (ग) हाम्रो बाल संरक्षण धरोहर नेपाल, टोखा नगरपालिका नगरपालिका ६ । २०६८ सालमा दर्ता भएको यस संस्थाले अनाथ तथा असहाय बालबालिकालाई आश्रय, शिक्षाको अवसर र सीप विकासका अवसर प्रदान गरी उनीहरूको जीवनलाई मर्यादित बनाउन योगदान गरेको छ । यसको अध्यक्ष श्री विनीता अर्याललाई सम्मानित गरिनेछ ।

    उता, स्वयम् सेवाको भावनाले नेपालीहरुको हितमा उदाहरणीय योगदान गर्नुभएका व्यक्ति वा सामाजिक संस्थालाई पुरस्कृत तथा सम्मानित गर्ने तथा सामाजिक सेवाको विकासमा सहयोग पुर्याउने उद्देश्यले एक अक्षय कोष खडा गरी रामबाबु र ज्ञानु नेपाल दम्पतीले आफ्ना मातापिता शोभाकान्त नेपाल र सुशीला नेपालको पुण्यस्मरणमा २०७० सालमा स्थापना गरेको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०७१ सालदेखि रु। दुई लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आएकोमा २०७४ देखि रु ४ लाखको पुरस्कार र सम्मान–पत्र प्रदान गर्न थालेको छ । यस वर्ष थप रु १ लाखको पुरस्कार समेत थप गरी रु ५ लाख पुरस्कार प्रदान गरिनेछ ।

    पुरस्कृत तथा सम्मानित गरिने प्रतिभाको निष्पक्ष, स्वतन्त्र तथा उद्देश्यमूलक ढङ्गबाट छनौट गर्नका लागि ५ जना संलग्न एक छनोट समिति गठन गरिन्छ र सो समितिले सूचना संकलन गरी स्थलगत भ्रमण समेत गरी निश्चित मापदण्डको आधारमा उत्कृष्ट प्रतिभाको सिफारिश गर्दछ ।

     


    आइतवार, भाद्र १६ २०८१०२:३०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij