Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सस्तो मूल्यमा सामान पाइने भन्दै गरिएको फेक विज्ञापनको प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

सस्तो मूल्यमा सामान पाइने भन्दै गरिएको फेक विज्ञापनको प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

  • मंगलवार, आषाढ २३ २०७७

  • 966
    SHARES

  • सस्तो मूल्यमा सामान पाइने भन्दै गरिएको फेक विज्ञापनको प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

    महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न अनुरोध गरेको छ ।

    महाशाखाले सोमबार एक सूचना जारी गरी यस्ता गिरोहले ग्राहकलाई विभिन्न बैङ्क खाता उपलब्ध गराएर पैसा जम्मा गर्न लगाउने तथा आइएमई गर्न भन्ने र पैसा जम्मा भएपछि अर्डरअनुसारको सामान डेलीभरी नगरी ठगी गर्ने गरेको भन्दै सर्वसाधारणलाई सचेत गराएको हो ।

    यस्ता केही व्यक्तिलाई अहिले पक्राउ गरी अनुसन्धान थालेको जानकारी दिँदै महाशाखाले बजार मूल्यभन्दा कम मूल्यमा सामान पाइने लोभमा नक्कली विज्ञापनको लोभमा नफस्न भनेको छ । महाशाखाका अनुसार यसरी लोभमा फस्दा जग्गाजमीनसमेत धितो राखेर प्रलोभनमा परी पैसा दिएको पाइएको छ । 


    मंगलवार, आषाढ २३ २०७७०३:०४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij