Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा

  • आइतवार, भाद्र १६ २०८१

  • 705
    SHARES

  • काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा

    काठमाडौं । उपत्यकासहित आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बाँकी प्रदेशमा बदलीसहित केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बादल लागे पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

    देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले काठमाण्डौ उपत्यकामा पनि बादल लागेको छ । दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बिहान चितवन, खोटाङ, मोरङलगायतका जिल्लामा ठूलो पानी परेको थियो ।

     


    आइतवार, भाद्र १६ २०८१०८:३३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij