Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

सेफ्टी ट्याङ्कीमा काम गर्दै गर्दा तीन जनाको मृत्यु

सेफ्टी ट्याङ्कीमा काम गर्दै गर्दा तीन जनाको मृत्यु

  • शुक्रवार, भाद्र १४ २०८१

  • 617
    SHARES

  • सेफ्टी ट्याङ्कीमा काम गर्दै गर्दा तीन जनाको मृत्यु

    काठमाडौं। नवलपुरमा सेफ्टी ट्याङ्कीमा काम गर्ने क्रममा बेहोस भएर तीन जनाको ज्यान गएको छ। विनयी त्रिवेणी गाउँपालिका ७ मा भोलासिंह क्षेत्रीको घरमा शौचालयको सेफ्टी ट्याङ्कीभित्र काम गर्दै गर्दा बेहोस भएका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार घरधनी भोला सिंहका छोरा ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, सोही ठाउँका १८ वर्षीय गणेश बोगटी र मोहम्मद राजाको मृत्यु भएको हो।

    बेहोस भएका तीनै जनाको उपचारका क्रममा रुपन्देहीका विभिन्न अस्पतालमा मृत्यु भएको पौडेलले जानकारी दिनुभयो ।


    शुक्रवार, भाद्र १४ २०८१०४:५९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij