Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २७ जना घाइते

बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २७ जना घाइते

  • बिहिवार, भाद्र १३ २०८१

  • 470
    SHARES

  • बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २७ जना घाइते

    काठमाडौं। बाँकेमा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा आँफै अनियन्त्रित भएर यात्रुवाहक बस पल्टिएको प्रहरीले जनाएको छ।

    दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिनुभयो।

    डाँगीका अनुसार ज्यान गुमाउनेमा दाङको तुलसीपुरका सन्तोष भुसाल र मानबहादुर ओली रहेका छन्। घाइतेलाई नेपालगञ्जको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा पठाइएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ ।


    बिहिवार, भाद्र १३ २०८१०२:२१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij