Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाललाई हराउँदै बंगलादेशले जित्यो यू–२० च्याम्पियनसिपको उपाधि

नेपाललाई हराउँदै बंगलादेशले जित्यो यू–२० च्याम्पियनसिपको उपाधि

  • बुधवार, भाद्र १२ २०८१

  • 599
    SHARES

  • नेपाललाई हराउँदै बंगलादेशले जित्यो यू–२० च्याम्पियनसिपको उपाधि
    काठमाडौं । दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हरायो ।
     
    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको थियो । डी बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरे ।
     
    दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल भने बंगलादेशले गर्‍यो । ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गरेका हुन् । खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरे । डी बक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् ।
     
    नेपालका लागि सान्त्वना गोल समीर तामाङले गरे । उनले ८१ औं मिनेटमा गोल गरे । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी टाइममा गोलका केही प्रयास पनि गरेको थियो । तर ९६ औं मिनेटमा बंगलादेशले नै गोल गर्दै जित सुनिश्चित गर्‍यो ।


    बुधवार, भाद्र १२ २०८१०४:३८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij