Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

स्नूकर सञ्चालकको हत्यामा छिमेकमा बस्ने युवा पक्राउ

स्नूकर सञ्चालकको हत्यामा छिमेकमा बस्ने युवा पक्राउ

  • बुधवार, भाद्र १२ २०८१

  • 507
    SHARES

  • स्नूकर सञ्चालकको हत्यामा छिमेकमा बस्ने युवा पक्राउ

    काठमाडौं । काठमाडौंको शंखमुलमा दुई दिनअघि भएको स्नूकर सञ्चालकको हत्यामा छिमेकमा बस्ने युवा पक्राउ परेका छन् ।

    प्रहरीले स्नुकर भएको घरनजिक रहेको अर्को घरमा डेरा गरी बस्ने २२ वर्षीय एमके कुमारलाई पक्राउ गरेको छ । घटनापछि पनि एमके कुमार डेरामा बसिरहेका थिए । मंगलबार दिनभर पशुपतिनाथ मन्दिरमा बसेको र साँझ डेरा फर्किएको प्रहरीले जनाएको छ ।

    प्रहरीले एमके कुमारको साथबाट मृतक रुपक वाइबाको चेक, चश्मा, कपडा र हत्यामा प्रयोग गरिएको रड बरामद गरेको जनाएको छ । एमके डेरामा एक्लै बस्दै आएका थिए ।

    ४१ वर्षीय रुपक आफ्नै घरको भुइँतलामा सञ्चालन गरेको स्नुकर हाउसको सोफामा धारिलो हतियार प्रहार भएको अवस्थामा मध्यरातमा मृत भेटिएका थिए । घटनाको अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ परेका एमके कुमार बाराको सिम्रौनगढका हुन् । मृतक पनि बाराकै हुन् ।

    उनले आफ्ना बुबा बैंकिङ कसुरमा हाल जेलमा रहेको र उनलाई फसाउन रुपकको परिवारको हात रहेको जस्तो पनि कुरा गर्ने गरेको ती अधिकारीले सुनाए ।

    काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको हो । मृतक रुपक छोरा र आमासँग त्यहाँ बस्दै आएका थिए । श्रीमती विदेशमा छिन् ।


    बुधवार, भाद्र १२ २०८१०४:२४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij