Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा...

आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा...

  • मंगलवार, भाद्र ११ २०८१

  • 659
    SHARES

  • आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा...

    काठमाडौं। मनसुनी वायुको प्रभावले यतिबेला देशभर मौसम परिवर्तन भएको छ। यसले गर्दा केही प्रदेशमा भारी वर्षा तथा अन्य प्रदेशमा वर्षा भएको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास छ। जसले गर्दा कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


    मंगलवार, भाद्र ११ २०८१०७:०२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij