Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना, एक जनाको मृत्य

पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना, एक जनाको मृत्य

  • सोमवार, भाद्र १० २०८१

  • 569
    SHARES

  • पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना, एक जनाको मृत्य

    काठमाडौं । पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ ।

    रानिमहल जाँदै गरेको यूपी १४ डीएन १०४ नम्बरको कार आइतबार राति पौने ११ बजे तानसेन नगरपालिका–१ नारनडाँडास्थित रानिमहल सडकखण्डमै दुर्घटना भएको हो ।

    दुर्घटनामा चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो। गम्भीर घाइते भएका विकासलाई मिसन अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    गाडीमा सवार अन्य पर्यटक भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनीहरू सदरमुकाम तानसेनबाट बास बस्नका लागि रानीमहलतर्फ जाने क्रममा दुर्घटना भएको बुझिएको छ ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सोमवार, भाद्र १० २०८१०७:४९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij