Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट मोरङ र सुनसरीमा थप चार महिलाको मृत्यु

कोरोना संक्रमणबाट मोरङ र सुनसरीमा थप चार महिलाको मृत्यु

  • शनिवार, कार्तिक २२ २०७७

  • 978
    SHARES

  • कोरोना संक्रमणबाट मोरङ र सुनसरीमा थप चार महिलाको मृत्यु

    काठमाडौँ । कोरोनाको संक्रमणबाट मोरङ र सुनसरीमा थप चार महिलाको मृत्यु भएको छ । संक्रमित दुई महिलाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

    मृतक झापा र सुनसरीका महिला छन् । झापाको शिवसताक्षी–६ की २६ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

    मृतकमा कुनै दीर्घ रोग भएनभएको केही पनि खुलाएको छैन । ती महिलामा कात्तिक १५ गते कोरोना पुष्टि भएपछि उपचारका लागि भर्ना गरिएको थियो ।

    यस्तै सुनसरीको दुहवी–९ की ६८ वर्षीया वृद्धाको पनि उपचारका क्रममा नोबेलमै अस्पतालमा मृत्यु भएको छ ।

    दाहालका अनुसार कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएको वृद्धाको शुक्रबार राति नौ बजे मृत्यु भएको हो ।

    सुनसरीको धरान उपमहानगरपालिकामा पनि संक्रमित दुई महिलाको मृत्यु भएको छ।

    धरान–९ की ६७ वर्षीया र वडा नम्बर १६ की ८१ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार साँझ मृत्यु भएको हो ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६७ वर्षीया ती महिलाको साँझ ६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए।

    यस्तै उच्च रक्तचापको पनि समस्या रहेको ८१ वर्षीया महिलाको पनि शुक्रबार साँझ नै मृत्यु भएको श्रेष्ठले बताए । कात्तिक १९ गते कोरोना पुष्टि भएपछि २० गते कोभिड अस्पतालमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

     


    शनिवार, कार्तिक २२ २०७७०७:५४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij