Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

रम्भादेवीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव सोमबार हुँदै

रम्भादेवीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव सोमबार हुँदै

  • आइतवार, भाद्र ९ २०८१

  • 632
    SHARES

  • रम्भादेवीको प्रवर्द्धन गर्न सांस्कृतिक महोत्सव सोमबार हुँदै

    पाल्पा । पाल्पाको प्रसिद्ध धार्मिकस्थल रम्भादेवी मन्दिरमा भदौ १० गते अर्थात भोलि सोमबार सांस्कृतिक महोत्सव हुने भएको छ ।

    रम्भादेवी मन्दिरको पर्यटन प्रवर्द्धन गर्दै स्थानीय कला, संस्कृति, प्रचलित भेषभूषाको प्रचार प्रसारमा टेवा पु¥याउने उद्देश्यले सहयात्रा नेपालको आयोजनामा रम्भा देवी परिसरमा एक दिने सांस्कृतिक महोत्सव आयोजना हुने भएको हो ।

    महोत्सवको उद्देश्य र तयारीबारे शनिबार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था सहयात्रा नेपालका अध्यक्ष एवम् राष्ट्रिय कलाकार दुर्गा रायमाझीले सरकारले घोषणा गरेको एक सय गन्तव्य मध्यको रम्भादेवी पर्यटकीय स्थलको प्रचार–प्रसार, रैथाने संस्कृति र प्रचलित भेषभूष तथा मौलिक संस्कृतिको पहिचान बढाउन महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

    ‘महोत्सवमा रामपुरको बालन, माथगढीको झाम्रे, हुमिनको लाखे, सिलुवाको कौरा, रानीवासको सोरठी र तिवारी आमाको मौलिक तीजसहित स्थानीय कला संस्कृतिहरू प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ ।

    महोत्सवको सह आयोजक रम्भादेवी पर्यटन विकास प्रतिष्ठान, मुख्य प्रवद्र्धक रम्भा गाउँपालिका, पर्यटन प्रवद्र्धन नेपाल दर्शन, प्रवद्र्धक मातृभूमी सेवा प्रतिष्ठान र कुमकुम ज्वेलर्स न्युरोड काठमाडौं रहेको जानकारी दिइएको छ ।

    महोत्सवमा वरिष्ठ कलाकारहरू नारायण रायमाझी, दुर्गा रायमाझी, इन्द्र जिसी, नारायण लेकाली, अमृत अधिकारी, नविन पौडेल, हुम गैरे, माधव भण्डारी, श्रीदेवी देवकोटा लगायत स्थानीय कलाकारलाई प्राथमिकतामा राखिएको आयोजक समितिका अध्यक्ष रायमाझीले बताउनुभयो । महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटनको आकर्षष बढ्ने अपेक्षा रहेको बताउनुभयो ।

    महोत्सव प्रवेश निःशुल्क रहने भएकोले रम्भादेवीप्रति आस्था राख्ने देश तथा विदेशमा रहने सवैलाई महोत्सवमा सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।

    परम्परागत रूपमा चल्दै आएको मेला महोत्सवको संरक्षण गर्दै रम्भादेवी क्षेत्रको धार्मिक पर्यटकीय क्षेत्रलाई चलायमान गराउन मेला आयोजना गरिएको आयोजक समितिका अमृत अधिकारीले जानकारी दिनुभयो ।

    कार्यक्रममा पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले रम्भादेवीको महत्व र गरिमा बढाउन गरिएको महोत्सव सह्रानीय काम भएको भन्दै महोत्सव प्रचार प्रसार र सम्पन्न गर्न सञ्चारकर्मीको सहयोग र सहकार्य हुने बताउनुभयो ।


    आइतवार, भाद्र ९ २०८१०८:३७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij