Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

गुडिरहेको गाडी सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता, जीप क्षतिग्रस्त अवस्थामा भेटियो

गुडिरहेको गाडी सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता, जीप क्षतिग्रस्त अवस्थामा भेटियो

  • आइतवार, भाद्र ९ २०८१

  • 482
    SHARES

  • गुडिरहेको गाडी सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता,  जीप क्षतिग्रस्त अवस्थामा भेटियो

    काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जीप भेटिएको छ । गोताखोरको टोलीले बेपत्ता प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको जीप क्षतिग्रस्त अवस्थामा गएराति फेला पारेको हो ।

    खोटाङको हलेसीबाट काठमाण्डौका लागि छुटेको जीप हिजो साँझ सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो । मध्यपहाडी लोकमार्गमा गुडिरहेको जीप सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता छन् । उनीहरुको अवस्था अझै अज्ञात छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार गाडी खस्दा चालक भक्तपुरको सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन् ।

    हाम फालेर ज्यान जोगाएका अर्का एक जना सुशान्त कक्षपति घाइते हुनुहुन्छ । उहाँको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । बेपत्ताको खोजी भइरहेको र खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहित प्रहरी टोली खटिएको छ ।


    आइतवार, भाद्र ९ २०८१०८:१०:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij