काठमाडौं । रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ । गएराति पहिरोले ३ घर बगाएको हो। पहिरोमा परी केही व्यक्ति बेपत्ता छन् भने पुल पनि बगाएको छ ।
आज बिहान साढे ३ बजे पहिरोले गाउँमा क्षति पुर्याएको सूचना पाएपछि टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल पुगेको छ ।
घटनास्थलमा दुई जनाको शव भेटिएको र केही व्यक्ति बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीप कुमार सिंहसहितको टोली पनि घटनास्थल गएको छ ।