Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

आजदेखि मौसममा सुधार, वर्षाको सम्भावना कति ?

आजदेखि मौसममा सुधार, वर्षाको सम्भावना कति ?

  • शनिवार, भाद्र ८ २०८१

  • 570
    SHARES

  • आजदेखि मौसममा सुधार, वर्षाको सम्भावना कति ?

    काठमाडौँ । विगत ३ दिनदेखिको वर्षा आजदेखि भने कम हुने भएको छ । अहिले अधिकांश स्थानको मौसममा सुधार आएको छ ।

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     


    शनिवार, भाद्र ८ २०८१०७:५१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij