Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिमको मौलिक पर्व गौरा शुरु

सुदूरपश्चिमको मौलिक पर्व गौरा शुरु

  • शनिवार, भाद्र ८ २०८१

  • 489
    SHARES

  • सुदूरपश्चिमको मौलिक पर्व गौरा शुरु

    काठमाडौं । सुदूरपश्चिमको मौलिक पर्व गौरा विधिवत् शुरु भएको छ।

    भाद्र शुक्ल पक्ष पञ्चमीदेखि शुरु हुने पर्वको पहिलो दिन शनिबार घर(घरमा बिरुडा राखेर मनाइँदै छ। यो दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ। आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको शुरुवात गर्ने चलन छ।

    तामाको भाँडोलाई गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न (मास, कलौँ, गहत, गहुँ र गुरुस) भिजाएर बिरुडा बनाउने चलन छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ।

    पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा शुरु हुने जानकार गोमती भट्टले बताइन्। ‘एक महिना अघिदेखि नै शुद्ध साकाहार र बह्मचार्यको पालना गरी बिरुडा पञ्चमीका दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ’ उनले भनिन्, ‘बिरुडा भिजाउँदा मांगलकि सगुन फाग गाउँछौँ।’ बिरुडा भिजाउने बेला महिलाले स्थानीय भाषामा रहेको सगुन तथा बिरुडा भिजााउने वेलाको फाग गाउने चलन छ।

    फागमा सबै नारीहरु गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजीदिन महादेव (स्थानीय भाषामा मयासर भनिने) लाई नगरमा गएर मागिल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने पण्डित कविराज भट्टले बताउनुभयो।

    सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रूपमा लिइन्छ। सप्तमीका दिन धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस) बाट गौराको प्रतिमा बनाई ‘गौराघर’मा भित्र्याउन परम्परा रहेको सरस्वती अवस्थीले बताउनुभयो। ‘गौरा हाम्रो ठूलो पर्व हो पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रुपमा दुवधागो लगाउने गछौँ’, उहाँले भन्नुभयो, ‘गौरामा व्रत बसी पूजाअर्चना गर्दा परिवारका सुख(समृद्धि आउने विश्वास छ।’

    अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मंगलगानका साथमा गौरा नचाइन्छ। त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ। जहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ। आजकै दिनदेखि ठाउँठाउँमा देउडा समेत खेलिने प्रचलन छ।

     


    शनिवार, भाद्र ८ २०८१०७:४७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij