Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

तनहुँ बस दुर्घटना : दुर्घटना स्थल अप्ठ्यारो भीर, गोताखोर र सशस्त्र प्रहरी उद्धारमा परिचालन

तनहुँ बस दुर्घटना : दुर्घटना स्थल अप्ठ्यारो भीर, गोताखोर र सशस्त्र प्रहरी उद्धारमा परिचालन

  • शुक्रवार, भाद्र ७ २०८१

  • 436
    SHARES

  • तनहुँ बस दुर्घटना : दुर्घटना स्थल अप्ठ्यारो भीर, गोताखोर र सशस्त्र प्रहरी उद्धारमा परिचालन

    काठमाडौं। तनहुँमा आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना भएपछि अहिले सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालन गरिएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोर सहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्धारमा खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।

    दुर्घटना स्थल अप्ठ्यारो भीर भएका कारण घाइते र मृतक उद्धारमा डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको उहाँले बताउनु भएको छ। प्रारम्भिक रूपमा १०–११ जनाको मृत्यु भएको बुझिएको भन्दै उहाँले पुष्टि हुन बाँकी रहेको जानकारी दिनुभयो।

    प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपक कुमार रायले बसमा ४० जना सवार रहेको जानकारी दिनुभयो। उहाँका अनुसार ११ जना बेपत्ता भएका छन् । यस्तै १४ जना जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएका छन् ।बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी खसेको उहाँले जानकारी दिनुभयो।


    शुक्रवार, भाद्र ७ २०८१०१:१०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij