Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आइपिएल : क्वालिफायरमा पुग्न बैंगलोर र हैदरावादबीच भिडन्त

आइपिएल : क्वालिफायरमा पुग्न बैंगलोर र हैदरावादबीच भिडन्त

  • शुक्रवार, कार्तिक २१ २०७७

  • 1.2K
    SHARES

  • आइपिएल : क्वालिफायरमा पुग्न बैंगलोर र हैदरावादबीच भिडन्त

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत आज सराइजर्स हैदरावादले रोयल्स च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ ।

    शेख जायद स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्दै क्वालिफायर प्रवेश गर्ने योजनामा हुनेछन् ।

    आज खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ र फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग खेल्नेछ । एलिमिनेटरमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ ।

    आजको खेलमा बैंगलोर जित निकाल्दै उपाधिमा आफूलाई दाबेदारी प्रस्तुत गर्ने योजनामा छ । हालसम्म तीनपटक फाइनल प्रवेश गरेको बैंगलोरले उपाधि भने उचाल्न सकेको छैन ।

    यता एकपटकको विजेता हैदरावाद आजको खेलमा जित निकाल्दै उपाधि होडमा आफूलाई दाबेदारी प्रस्तुत गर्ने योजनामा छ ।

     


    शुक्रवार, कार्तिक २१ २०७७०७:१७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij