Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

आज रोपाइँ जात्रा मनाइँदै

आज रोपाइँ जात्रा मनाइँदै

  • बुधवार, भाद्र ५ २०८१

  • 530
    SHARES

  • आज  रोपाइँ जात्रा मनाइँदै

    काठमाडौं । गाईजात्राअन्तरगत आज बुधबार रोपाइँ जात्रा मनाइँदैछ ।

    काठमाडौं उपत्यकासहित नेवार समुदाय बसोबास गर्ने देशका विभिन्न गाउँ शहरमा यो जात्रा उत्सवका रूपमा मनाइन्छ। नेपाल भाषामा रोपाइँ जात्रालाई ‘सिनाज्या जात्रा’ भनिन्छ।

    देशभर नै रोपाइँको थकान र तनाव भुल्नको लागि मनाइने यो उत्सव फरक(फरक ठाउँमा भिन्न तरिकाले मनाइन्छ। विशेषगरी नेवार समुदायका मानिस आज चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर यो जात्रा मनाउँछन्।

    काठमाडौंको बौद्धमा तामाङ समुदायले पनि यो जात्रा मनाउँदै आएका छन् । गाईजात्रा तथा रोपाईँजात्रा मूल समारोह समिति, बौद्धले आज गाईजात्रा तथा रोपाइँजात्रा घोनाइको आयोजना गर्ने जनाएको छ ।

    विगतका वषमा जस्तै बौद्धस्तुपा परिसरका साथै बौद्धका विभिन्न स्थानमा घिनतिङ नाका, घोनाई, हास्यव्यङ्ग्य तथा साँस्कृतिक कार्यक्रमहुने समितिका संयोजक जनमङ्गल लामाले जानकारी दिनुभयो ।


    बुधवार, भाद्र ५ २०८१०७:५४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij