Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

पहिरोले पुरिंदा अर्घाखाँचीमा एक जनाको मृत्यु

पहिरोले पुरिंदा अर्घाखाँचीमा एक जनाको मृत्यु

  • मंगलवार, भाद्र ४ २०८१

  • 485
    SHARES

  • पहिरोले पुरिंदा अर्घाखाँचीमा एक जनाको मृत्यु

    काठमाडौं। पहिरोले पुरिंदा अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका–१३, सिमलपानीमा अविरल वर्षापछि आएको पहिरोले पक्की पिल्लरसहित २ तले गोठ पुरिंदा ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

    पहिरो खस्न थालेपछि पशुचौपायालाई गोठबाट बाहिर निकाल्न गएका थापालाई पहिरोले च्याँप्दा घटनास्थलमै थापाको मृत्यु जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका सूचना अधिकारी प्रहरी निरक्षिक दीपेन्द्र रावलले बताउनु भयो।

    पहिरोले गोठमा रहेको एउटा पाडो र दुईवटा बाख्रा समेत च्यापिएर मरेका प्रहरीले जनाएको छ। उक्त गोठ पक्की पिल्लरसहित २ तले थियो ।


    मंगलवार, भाद्र ४ २०८१०२:५२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij