Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण मंसिर दोस्रो सातादेखि

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण मंसिर दोस्रो सातादेखि

  • शुक्रवार, कार्तिक २१ २०७७

  • 1.1K
    SHARES

  • राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण मंसिर दोस्रो सातादेखि

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मङ्सिर दोस्रो सातादेखि शुरु हुने भएको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले अनुमति दिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

    राखेपबाट प्रशिक्षणको अनुमति पाएपछि छठ पर्वको लगत्तै प्रशिक्षण शुरु हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् । अनुमति पाएपछि क्यानले प्रशिक्षणको तयारी थालेको उनले बताए ।

    कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडी प्रशिक्षणविहीन अवस्थामा रहेका छन् । आठ महिनापछि खेलाडी सामूहिक अभ्यासमा जुट्ने भएका छन् ।

    हाल क्रिकेट खेलाडी काठमाडौं तथा कतिपय उपत्यका बाहिर रहेका छन् । प्रशिक्षणअघि सबै खेलाडीको स्वाब परीक्षण गरिने त्यसको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराइने क्यान अध्यक्ष चन्दले जानकारी दिए ।


    शुक्रवार, कार्तिक २१ २०७७०७:०१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij