Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा

  • मंगलवार, भाद्र ४ २०८१

  • 364
    SHARES

  • काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा

    काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा गएरातीदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार ​ न्यूनचापीय रेखा उत्तरतर्फ हुँदा नेपालमा मनसुन थप सक्रिय भएर धेरै पानी पर्छ।

    सातवटै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको हो। बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

    राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।


    मंगलवार, भाद्र ४ २०८१०७:५४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij