Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

बालेन र सुनीताको भिडियो जोड्ने युवक पक्राउ

बालेन र सुनीताको भिडियो जोड्ने युवक पक्राउ

  • आइतवार, भाद्र २ २०८१

  • 497
    SHARES

  • बालेन र सुनीताको भिडियो जोड्ने युवक पक्राउ

    काठमाडौं । आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को प्रयोग गरेर विशिष्ट व्यक्तिहरूको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ स्थायी घर भएका रमेश बहादुर रावत रहेका छन् ।

    २२ वर्षीय रावतमाथि एआईलगायतका प्रविधिहरूको दुरुपयोग गरेर भीआइपीहरूको चरित्रमा निर्मम आघात पुर्‍याएको आरोप लगाइएको छ । साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार रावतले अतिरञ्जित तवरबाट कपोकल्पित र भ्रामक विषयमा श्रव्यदृश्य सामाग्री तयार र प्रशारण गर्ने गरेका थिए ।

    उनलाई प्रहरीले शुक्रबार सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएकोमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको छ ।

    ब्युरोले एआईलगायतको दुरुपयोग गरेर राजनीतिक नेतृत्वलगायतको चरित्र हत्या गर्ने क्रम बढेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत त्यस्ता एआईबाट निर्मित सामग्री प्रकाशन गर्ने गरेको पाइएको भन्दै ब्युरोले यस प्रकारको गतिविधिहरू नगर्न–नगराउन अनुरोध गरेको छ ।

     


    आइतवार, भाद्र २ २०८१०६:३४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij