Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

साफ यू–२० च्याम्पियनसिप: नेपालको विजयी सुरुआत, श्रीलङ्का स्तब्ध

साफ यू–२० च्याम्पियनसिप: नेपालको विजयी सुरुआत, श्रीलङ्का स्तब्ध

  • आइतवार, भाद्र २ २०८१

  • 1.0K
    SHARES

  • साफ यू–२० च्याम्पियनसिप: नेपालको विजयी सुरुआत, श्रीलङ्का स्तब्ध
    काठमाडौं । दुई पटकको च्याम्पियन नेपालले साफ यू–२० च्याम्पियनसिपमा आइतबार आज विजयी सुरुआत गरेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले समूह ए को खेलमा श्रीलंकालाई १–० ले हराएको हो ।
     
    यो जितपछि नेपालको सेमिफाइनल प्रवेश बलियो भएको छ । नेपालको तीन अंक भएको छ भने श्रीलंका शून्य अंकमा रह्यो । अब नेपालले बिहीबार हुने आफ्नो लिगको अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ ।
     
    नेपालका जितमा नीराजन धामीले २४ औं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो । पूरा खेल अवधिमा श्रीलंकाले नेपालविरुद्ध बलियो आक्रमण बुन्न सकेन । नेपालले भने दुई बलियो अवसर गुमाएको थियो ।
     
    ती दुवै अवसर समीर तामाङले गुमाएका हुने । उनले पोस्टको नजिकबाट गरेको दुवै प्रहार बाहिरिएको थियो । यस्तै खेलको सुरुमै नीराजनको प्रहारले पोस्टको दिशा लिए पनि त्यो अफ साइड रह्यो ।
     
    उनैले खेलको अन्त्यतिर गरेको पोस्टमा लागेको थियो । भोलि सोमबार समूह बी का खेलमा डिफेन्डिङ च्याम्पियन भारत र भुटान खेल्नेछन् ।


    आइतवार, भाद्र २ २०८१०५:२१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij