काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा अहिले घाम लागिरहेको छ । तर दिउँसो भने केहि भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
बिहान वाग्मती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।