Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

थामे हिमपहिरो अपडेट : बाढीले ४ घर र एउटा होस्टेल बगायो

थामे हिमपहिरो अपडेट : बाढीले ४ घर र एउटा होस्टेल बगायो

  • शुक्रवार, श्रावण ३२ २०८१

  • 491
    SHARES

  • थामे हिमपहिरो अपडेट : बाढीले ४ घर र एउटा होस्टेल बगायो

    काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा आएको बाढीले केही घर बगाएको छ ।

    हिमताल फुटेर बाढी आएको आशंका गरिए पनि यकिन भइसकेको छैन । दूधकोशी नदीमा आएको बाढीले ४ वटा घर र एउटा होस्टेल बगाएको प्रहरीले जनाएको छ । थामेमा ४० घरको बस्ती भएपनि अहिले सबै घरमा परिवार नरहेको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक रोशन खड्काले अहिलेसम्म मानवीय क्षतिको विवरण नआएको बताउनुभयो । घटनास्थलमा प्रहरी पुगेको र क्षति विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय सोलुका प्रमुख प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले थामे गाउँमा ठूलो बाढी आएको बताउनुभयो ।


    शुक्रवार, श्रावण ३२ २०८१०५:१५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij