Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीको निर्देशन

भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीको निर्देशन

  • शुक्रवार, श्रावण ३२ २०८१

  • 330
    SHARES

  • भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी)लाई निर्देशन दिनुभएको छ ।

    गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटनाको कारण खोज्न आइजीपी वसन्त कुँवरलाई निर्देशन दिनुभएको हो ।

    गठ्ठाघरमा भएको दुर्घटनाका बारेमा दुख व्यक्त गर्दै गृहमन्त्री लेखकले गठ्ठाघरको दुर्घटनामा अरु कसैको गल्ती भएको हो वा पुलिस फोर्सको गल्ती भएको हो यसबारेमा गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिनुभएको छ ।

    हिजो दिउँसो गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ट्रक चालक तत्कालै घटनास्थलबाट फरार भए पनि हिजो साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तलाई जिम्मा लगाएको छ ।


    शुक्रवार, श्रावण ३२ २०८१११:१०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij