Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

नारायणघाट-बुटवल सडकखण्ड पुनः अवरुद्ध

नारायणघाट-बुटवल सडकखण्ड पुनः अवरुद्ध

  • बुधवार, श्रावण ३० २०८१

  • 498
    SHARES

  • नारायणघाट-बुटवल सडकखण्ड पुनः अवरुद्ध

    काठमाडौं । पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ।

    दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहँदा मंगलबार राति लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ।

    मंगलबार दिनभर भासिएको सडक मर्मतको काम नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो। तर पहिरो झरेपछि बिहान पौने ५ बजेदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी वेदबहादुर पौडेलले बताउनुभयो । बाटो एकतर्फी भए पनि सञ्चालनका लागि प्रयास भइरहेको उनले जानकारी दिनुभयो ।


    बुधवार, श्रावण ३० २०८१०७:४८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij