Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको जोखिम

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको जोखिम

  • सोमवार, श्रावण २८ २०८१

  • 1.0K
    SHARES

  • आजको मौसम : यी प्रदेशमा भारी वर्षाको जोखिम

    काठमाडौं । आज पनि नेपालमा देशैभर आंशिकदेखि साधारणतया बदली रहने भएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकोले देशैभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

    भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले अनुरोध गरेको छ।

    यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

     


    सोमवार, श्रावण २८ २०८१०७:०१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij