Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

सक्कीगोनीका प्रहरी नेपाल प्रहरीको फन्दामा, सल्युट खाएका मन्त्री खोरमा...

सक्कीगोनीका प्रहरी नेपाल प्रहरीको फन्दामा, सल्युट खाएका मन्त्री खोरमा...

  • आइतवार, श्रावण २७ २०८१

  • 2.8K
    SHARES

  • सक्कीगोनीका प्रहरी नेपाल प्रहरीको फन्दामा, सल्युट खाएका मन्त्री खोरमा...

    काठमाडौं । तास खेलिरहेको अवस्थामा प्रहरीले शनिबार काठमाडौंबाट कोशी प्रदेशका मन्त्री र कलाकारसहित ९ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले गौरीघाटमा तास खेलिरहेको सूचनाका आधारमा छापा मारेको थियो ।

    पक्राउ पर्नेमा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धीकुमार राजभन्डारी र कलाकार पुरुषोत्तम शर्मासहित ९ जना छन् । शर्मा टेली शृंखला ‘सक्किगोनी’ का कलाकार हुन् ।

    सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर तामाङ पनि पक्राउ परेका छन् ।

    जुवाखालबाट करिब एक लाख ५० हजार रूपैयाँ नगद र १६ बुक तास बरामद गरेको छ । गौशाला प्रहरी वृत्तले थप अनुसन्धान गरिरहेको छ ।

     


    आइतवार, श्रावण २७ २०८१०४:३०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij