Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा नयाँ रेकर्ड : नेप्से २८६० अंकमा, पौने २६ अर्बको कारोबार, २२५ कम्पनीको मूल्य बढ्यो

सेयर बजारमा नयाँ रेकर्ड : नेप्से २८६० अंकमा, पौने २६ अर्बको कारोबार, २२५ कम्पनीको मूल्य बढ्यो

  • आइतवार, श्रावण २७ २०८१

  • 762
    SHARES

  • सेयर बजारमा नयाँ रेकर्ड : नेप्से २८६० अंकमा, पौने २६ अर्बको कारोबार, २२५ कम्पनीको मूल्य बढ्यो
    काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार आज सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । २५ अर्ब माथिको सेयर कारोबार हुँदा नेप्से परिसूचक २८ सय विन्दुमाथि पुगेको छ । सेन्सेटिभ इण्डेक्स ३.७६ प्रतिशतले बढेको छ ।
     
    नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा पुगेर बन्द  भएको छ । यसदिन ३३० कम्पनीको ६ करोड ३२ लाख १ हजार ३२३ कित्ता सेयर २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँमा खरिदबिक्री भए । यसअघि २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको रेकर्ड ५ दिनमै तोडिएको हो ।
     
    कारोबार रमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब  ५२ करोड २ लाख ४७ हजार  ३७० रुपैयाँको सेयर कारोबार भयो । यसैगरी शिवं सिमेन्टको १ करोड १६ लाख रुपैयाँको सेयर कारोबार हुँदा नेपाल इन्फ्रास्टक्चर बैंकको ६८ करोड , नेपाल फाइनान्सको ५९ करोड र अपर तामाकोशी हाइड्रोपावरको ५५ करोड मूल्य बढीको सेयर कारोबार भयो ।
     
    यसदिन एक दर्जन कम्पनीको  सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । २५ अर्ब बढीको सेयर कारोबार भएको बजारमा कुथेली बुखारी स्माल हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए । सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो ।
     
    १३ वटै समूहको उपसूचकमा हरियाली छाएको छ । इन्भेस्टमेन्ट,लाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्स समूहको उपसूचक ४ प्रतिशत बढीले बढ्यो । कारोबारमा आएका २२५ कम्पनीको मूल्य बढ्दा १५ वटाको घट्यो । २कम्पनीको मूल्य भने यो दिन स्थिर रह्यो । 
     


    आइतवार, श्रावण २७ २०८१०३:४८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij