Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • आइतवार, श्रावण २७ २०८१

  • 473
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भइरहेको छ । गएरातीदेखिको वर्षा अहिले कम भए पनि केहिस्थानमा भने अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले हाल बागमती र गण्डकी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

     


    आइतवार, श्रावण २७ २०८१०७:२४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij